राजदुत न्युक्ति खारेजको माग गर्दै जसपा नेपालले प्रधानमन्त्रीलाइ बुझाए ज्ञापन पत्र

राजदुत न्युक्ति खारेजको माग गर्दै जसपा नेपालले प्रधानमन्त्रीलाइ बुझाए ज्ञापन पत्र

राकेश यादव २६ भाद्र
जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ।
पार्टीको निर्धारित कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो। नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदुत न्युक्ति संबिधानको मर्म भावना तथा बिभिन्न आन्दोलनकारी पक्ष संग समय समयमा भएको सम्झौताको खिल्ली उडाएकोले बदर गर्न माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको जनता समाजबादी पार्टी नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवलाइ बुझाइएको ज्ञापन पत्रमा सरकारले गरेको राजदुत न्युक्ति अविलम्ब खारेज गरी समानुपातिक समाबेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः न्युक्ति गर्न जोडदार रुपमा माग गरिएको छ।

वर्तमान सरकारले एउटै समुदाय र जातका व्यक्तिलाई राजदुतमा न्युक्ति गरेर एकल जातीय राज्य बनाउने दुरसाहस गरेको आरोप लगाएका छ।

समाबेशी सिधान्तको आधारमा राज्यको हरेक अंग, तह, र निकायमा मधेशी, जनजाती, दलित, महिला, थारु, मुस्लिम, पिछडा बर्ग लगायतका समुदायको समानुपातिक समाबेशी सिधान्तमा आधारित संबैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो बिपरित नेपाल सरकारले असमाबेशी असंबैधानिक राजदुत न्युक्ति गरेको जिकिर जसपा नेपालको रहेको छ।

२०६४ भाद्र १३ गते तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुन्दे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार बीच भएको ८ बुन्दे सम्झौता अनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदुत न्युक्तिमा सम्झौता बिपरित रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाइ बुझाइएको ज्ञापन पत्रमा मधेश कृषि बिश्व बिधालय राजविराज र मधेश बिश्व बिधालय बिरगंजलाइ प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ।

प्रदेश सरकारले आर्थिक बर्ष २०८१/ ०८२ मा विनियोजन गरिएको १० लाख बजेट जग हसाउने कार्य भएको टिप्पणी गरिएको हो।
ज्ञापन पत्र बुझाउने क्रममा जसपा नेपालका बिश्वनाथ पटेल, किरण ठाकुर, बिरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, बिधार्थी नेता ललन यादव, पुनित पटेल, आशिस लामा सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

RELATED NEWSसबै