राजपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचनको लागि चुनावी सरगर्मी तीव्र, प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा
राजपुर नगरपालिका वड़ा नम्बर ६ मा चुनावी सरगर्मी
रौतहट । राजपुर नगरपालिका वड़ा नम्बर ६ मा चुनावी सरगर्मी बढेको छ ! मङ्सिर १६ गते स्थानीय तहको हुने उपनिर्वाचनको लागि राजनितिक दलका नेता कार्यकर्त्ताहरु चुनावी प्रचारप्रसारमा होमिएपछि चुनावी माहौल बनेको हो ।
जनमत पार्टीका केंद्रीय अध्यक्ष डाक्टर सीके राउत , नेपाली कांग्रेस पार्टीका महामंत्री विश्व प्रकाश शर्मा , मधेश प्रदेश सरकारका पूर्व मंत्री कृष्णा प्रसाद यादव , बीरेंद्र सिंह , प्रदेश सांसद नागेंद्र प्रसाद साह , राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर मोहमद राजिक आलम , माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव सहितका नेताले आफ्ना
दलका उम्मेदवारलाइ जिताऊंनका लागि प्रचार प्रसार तीब्र पारेका छन ,
राजपुर नगरपालिका वड़ा नम्बर ६ मा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्दै पार्टीका महामंत्री शर्माले वड़ा नम्बर ६ मा कांग्रेस पार्टीका उम्मेदवार समसे आलम नै विजयी हुने विस्वास व्यक्त गरेका छन ।
राजपुर पूर्व मंत्री महमद आफताव आलमको जन्म धरती भएकोले नेपाली कांग्रेस नै सफल हुने उहाको भनाइ रहेको छ । नेपाली कांग्रेस लोकतन्त्रको रक्षक भएकोले नेपाली कांग्रेसका उम्मेदवारलाइ आफ्नो मत दिएर विजयी बनाउन मतदाता संग आग्रह समेत गरेका छन ।
कार्यक्रममा राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले नेपाली कांग्रेस नेपाली जनताको अधिकार , सम्मान र पहिचान दिलाउने पार्टी रहेकोले पुनः कांग्रेस पार्टीका उम्मेदवारलाइ जिताऊंन आग्रह समेत गरे ।
वड़ा नम्बर ६ मा ५ वटा राजनितिक दलका उम्मेदवार रहेका छन भने एक महिला सहित ७ जना स्वतंत्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन । नेपाली कांग्रेस बाट समसे आलम , नेकपा एमाले बाट मोहमद नसीम अख्तर , नेकपा माओवादी केन्द्रको तर्फबाट शेख जिकरुल्लाह , जनमत पार्टीबाट कयामुद्दीन धुनिया र राष्ट्रिय प्रजातन्त्रबाट राम नारायण प्रसाद जायसवाल उम्मेदवार रहेका छन ।
स्वतंत्रबाट नाजमा खातून , शेख मुस्ताक अहमद , शेख मोहमद मुस्ताक , शेख अतिउल्लाह , शेख रेयाज , सफीउल्लाह र शाहिद परवेज मंसूरी उम्मेदवार रहेका छन । उम्मेदवारहरु चुनावी प्रचार प्रसार तीब्र पारेपनि प्रतिस्पर्धा नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टीको विच हुने छन ।
जनता समाजवादी पार्टी नेपाल , लोकतान्त्रिक समाजवादी पार्टी नेपाल , आम जनता पार्टी , राष्ट्रिय स्वतंत्र पार्टी लगायतका अन्य पार्टीले आफ्नो उम्मेदवार दिन सकेका छैन ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएको थियो ! दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी पार्टीका उम्मेदवार रहेकोले पुनः तिनै पार्टीका उम्मेदवार विच प्रतिस्पर्धा हुने स्थानीयहरुको अनुमान रहेको छ ।









