सरकारी बिधालयका धेरै जसो बिद्यार्थीहरु शनिबार श्रम गरेर बिताउछन्…

रौतहटका धेरै जसो प्राबी तथा माबीका विद्यार्थीहरु शनिबार श्रम गरेरै बिताउने गर्दछन् । हप्ताको एक दिन सार्वजनिक बिदा हुने भएकाले कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिका, गौर नगरपालिका, माधव नारायण नगरपालिका, गुजारा नगरपालिकाका लगायतका पालिकाहरुका धेरै जसो बिद्यार्थीहरु बिदाका दिन काम गरेरै बिताउने गरेको देखिन्छ ।
शुक्रबार देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच गाउँमा तीन जना भखरका भाइहरु राज मिस्त्रीहरु सङ्ग काम गर्दै थियो । हाम्रो टोलि उनीहरुको नजिक गएर ती भाइहरु सङ्ग सोधपुछ गर्दा उनीहरु भन्छन् हाम्रो लागि यो काम नौलो हैन । शुक्रबार पढाइ राम्रो सङ्ग न हुने र शनिबार बिधालय बन्द नै रहने भएकाले हामी काम गरेरै बिताउने गरेको बताए । आज उनीहरुको भाग्यमा यो काम थियो अर्को शनिबार अर्कै काम हुने बताउँछन् । सरकारले बालबालिकालाई काम लगाउन नपाइने प्रावधान बनाएको भए पनि अझै बालबालिकाहरु कतै ईटा उद्योग त कतै बाटोमा काम गर्ने गर्छन् त कतै राज मिस्त्रीको । सरकारको नियम र प्रावधानलाई मिच्दै बालबालिकालाई विभिन्न थरिका काममा लगाइएको पाइएको छ ।
बिधालय बन्द रहेका दिन काम गरेरै बिताउने गरेको श्री जनता माध्यमिक बिधालय कटहरियाका कक्षा ८ मा अध्ययन रत रहेका एक विद्यार्थीले बताए । नाम गोप्य राख्ने सर्तमा उने थप भने “हाम्रो घर आर्थिक अवस्थाले कमजोर रहेका कारण हामीले पनि काम गर्दै छु । हुन त देशको आर्थिक अवस्था र बेरोजगारी देखेर सबैको मनोबल नै टुट्न लागेको प्रभाव यी युवाहरु माथी पनि देखा पर्दछ । उनीहरु भन्छ पढेपछि पनि गर्ने काम यहि हो । सो हामिले अहिले देखिनै काम गर्दै छु ।
उनीहरु करिब २ वर्ष पहिलादेखि नै कहिले जङ्गलबाट दाउरा ल्याउने गर्दछ त कहिले घर निर्माण गर्ने मिस्त्रीहरु संग काम गर्दै आएको बताए । यो घटना यो पालिकामा मात्र भइरहेको छ भन्ने पनि होइन । हुनत यस्तो घटनाहरु मधेस प्रदेशकै सबै स्थानहरुमा हुने गरेको देखिन्छ । सम्बन्धित सरकार वाला पक्षले ध्यान न दिएका कारण बिद्यार्थीहरुको जीवनमा यस्तो प्रभाव पर्ने गरेको जानकारहरु बताउछन् ।